खेलकुद

दिपेन्द्रको हातमा प्लेयर अफ द म्याचको सट्टा अर्कै खेलको ट्रफी परेपछि…

Banner

काठमाडौं, वैशाख २-

नेपालका अलराउन्ड दीपेन्द्रसिंह ऐरीले हिजो कतारविरुद्धको म्याचमा सनसनीपूर्ण प्रदर्शन गर्दै म्यान अफ द म्याच भए । सनसनीपूर्ण प्रदर्शन गरेपछि दीपेन्द्रलाई उत्कृष्ट खेलाडीको ट्रफीले पुरस्कृत गरिएको हो ।

म्यान अफ द म्याच पुरस्कार पाएपछिको दीपेन्द्रको ट्रफी सहितको तस्बिर सामाजिक संजालमा पोष्ट गरिएको छ । उक्त फोष्टमा दीपेन्द्रले बोकेको ट्रफीमा प्लेयर अफ द म्याचको मुन्तिर सानो अक्षरमा मलेसिया भर्सेस साउदी अरेबिया लेखिएको छ । अर्थात् अर्कै म्याचको पुरस्कार उनको हातमा परेको थियो । ओमान भ्रमणमा रहेको क्यान स्रोतले भन्यो, ‘उनीहरू सुरुमा झुक्किएर गलत ट्रफी दिएछन् । पछि साटियो ।’

हिजो नै एसीसी प्रिमियर लिगमा मलेसिया र साउदी अरेबियाको पनि म्याच थियो । नेपाल र कतारको खेल पहिले सकिएर पुरस्कार वितरण भएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>