क्रिकेट

मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै नेपाल, नेपालको दुई विकेट गुम्यो

Banner

काठमाडौँ, चैत ३०
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाले नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४३ रनको योगफल बनायो । मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा नेपालले दुई विकेट गुमाएर ८०  रन बनाई खेलिरहेको छ । नेपालका ओपनर कुलश भुर्तेल २४ र आसिफ शेख ३२ रन बनाएर आउट भएका छन् । अहिले क्रिजमा रोहित पौडेल र कुशल मल्ल छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>