अन्तर्राष्ट्रिय

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने: इआइए

Banner

अमेरिका, चैत ३०-

अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल ५ को अन्त्य भएको सातामा संयुक्त राज्य अमेरिकामा कार्यशील ग्यास भण्डारण दुई हजार दुई सय ८३ अर्ब घनफिट (घन फिट प्राकृतिक ग्यास आपूर्तिको लागि मापनको मानक एकाइ) रहेको बताएको छ । यो अघिल्लो साताको तुलनामा २४ अर्ब घनफिटले बढेको इआइएले जनाएको छ ।

प्राकृतिक ग्यास भण्डारण प्रतिवेदनमा कूल कार्यशील ग्यास भण्डारण गत वर्षको तुलनामा २३ दशमलव पाँच प्रतिशतले बढेको र पाँच वर्षको औसतमा ३८ दशमलव चार प्रतिशतले बढेको उल्लेख छ ।

कार्यशील ग्यासलाई भूमिगत भण्डारण गरिएको प्राकृतिक ग्यासको मात्राको रूपमा परिभाषित गरिएको र यसलाई प्रयोगका लागि निकाल्न सकिन्छ । ‘डिजाइन क्षमता’ र ‘अधिकतम काम गर्ने ग्यास क्षमता प्रदर्शनका’ आधारमा यसको भण्डारण क्षमता मापन गर्न सकिन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>