अर्थ
हिजो हालसम्मकै उच्च विन्दु कारोवार भएको सुन आज घट्यो
०

काठमाडौँ, चैत २९-
नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत आइतबारदेखि लगातार बढिरहेको सुनको मूल्य आज (बिहीबार) भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।
महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज २ सयले घटेर रु एक लाख ३६ हजार छ सय निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ । तर, बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























