समाचार

प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले गर्‍यो लाठी चार्ज

०
Banner

काठमाडौं, चैत २४-

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको छ ।

काठमाडौंको भद्रकालीमा भएको जनप्रदर्शनमा उत्रिएको भीड आक्रामक भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका छन् ।

नेता महतो लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुल राष्ट्रिय राज्य स्थापना गर्ने घोषणासहित आफ्नो छुट्टै अभियानमा छन् ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>