कालिका
चितवनमा १० हजार लिटर घरेलु मदिरा प्रहरीको नियन्त्रण
०

चितवन, असोज १७–
चितवन प्रहरीले आज (शनिबार) करिव १० हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
पूर्वी चितवनको कालिका नगरपालिका–१, सूर्यपुरस्थित सानु घिसिङको घरमा मदिरा बनाई विक्री वितरण भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले टोलीले १० हजार लिटर मदिरा नियन्त्रणमा लिएको हो ।
घिसिङको घर, गोठ र उनले स्टोर गरी राखेको घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पद्वार्थ सहितको सामग्री इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले मदिरा बनाउन प्रयोग गरिने विभिन्न प्रकारका कच्चा पदार्थ समेत बरामद गरेको छ । प्रहरीले मदिरा बनाउने कार्यमा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























