Breaking News

हेटौंडा-फिमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने यात्रुबाहक सवारी साधनहरूले कान्तिलोकपथ प्रयोग गर्न आग्रह

०
Banner

हेटौँडा, मंसिर ३ –

मकवानपुरको भीमफेदी गाउँपालिका हुँदै काठमाडौं जाने सवारीसाधनलाई मंसिर ४ गते शुक्रबार कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हरिबोधनी एकादशीका अवसरमा भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डीमा लाग्ने मेलालाई मध्यनजर गर्दै यस्तो आग्रह गरेको हो ।

उक्त दिन त्रिभुवनेश्वर महादेव मन्दिर परिसरमा हरिबोधनी एकादशी मेला लाग्ने भएकाले मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजनको भीडभाड हुने प्रशासनले जनाएको छ ।

मेलामा आउने भक्तजनको चाप र सो स्थानको साँघुरो तथा भिरालो बाटोको भौगोलिक जटिलतालाई ध्यानमा राख्दै यातायात आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

प्रशासनले मंसिर ४ गते हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने यातायातका साधनलाई आवतजावतका लागि कान्तिलोकपथ सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई उक्त व्यवस्थाबारे जानकारी गराइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>