Breaking News
एनपिएलमा अर्धशतकको संख्या २६ पुग्यो, दुई शतक प्रहार

काठमाडौं , मंसिर ३ –
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०मा अर्धशतकको संख्या २६ पुगेको छ।
आज चितवन राईनोजका डेभिड मलानले ५० रन पूरा गरेसंगै अर्धशतकको संख्या २६ पुगेको हो। मलानले सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा अर्धशतक पूरा गरे। हालसम्म २६ अर्धशतक र दुई शतक प्रहार भएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ ,पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा , चितवन राइनोजका रवि बोपरा, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काएका छन्।
विराटनगरका इमरान शेख,आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,हुसैन तलत, चितवन राइनोजका डेभिड मलान, लुम्बिनी लायन्सका निरोशन डिककोइलाले एक÷एक अर्धशतक हिर्काएका थिए।
यो सिजनमा शतक हिर्काउने खेलाडीमा पोखरा एभेन्जर्सका युवराज सामरा र चितवन राइनोजका कामिल मिशारा रहेका छन् ।
























