समाज

तनहुँको पुलजिपमा दुई बस आपसमा ठोक्किदा पाँच जना घाइते

०
Banner

चितवन, चैत २४-

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३–०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका–४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको पुलजिप प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक दिल बहादुर तामाङले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>