खेलकुद
बराेडासँगकाे खेलमा नेपालले टस हार्याे, दीपेन्द्रले कप्तानी गर्दै

काठमाडौं, चैत २३-
नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कप क्रिकेटमा आज चार परिवर्तन गरेको छ ।
नेपालको नियमित कप्तान रोहित पौडेल आज विश्राममा छन् । बरोडाविरुद्धको खेलमा कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।
पछिल्लो गुजरातसँगको खेलबाट नेपालले टोलीमा चार परिवर्तन गरेको छ । तीव्र गतिका बलर अभिनाश बोहरा, रोहित पौडेल, आसिफ शेख र सोमपाल कामी आज बेच्नमा छन् ।
नेपाल फाइनलमा पुगिसकेको हुँदा उनीहरूलाई विश्राम दिइएको हो । नेपालको टोलीमा ललित राजवंशी र आकाश चन्दले खेल्ने मौका पाएका छन् । पछिल्लो खेलमा विश्राम पाएका करण केसी र दीपेन्द्र टोलीमा फर्किएका हुन् । विकेटकिपरको भूमिका अनिल शाहले गर्नेछन् ।
नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरिसकेको छ ।
नेपालले फाइनल आइतबार गुजरातसँग खेल्नेछ ।























