अपराध
बिहे गर्छु भन्दै महिलाबाट रकम ठगी गर्ने एक युवक पक्राउ
०
काठमाडौं, चैत २३-
‘बिहे एप’ बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनसरीको गढी गाउँपालिका–४ छिटाहा घर भएका २३ वर्षीय महेशकुमार मेहतालाई प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको हो ।
बिहे गर्ने भन्दै उनले महिलाहरूबाट २ लाख ४८ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । ठगीको रकम अझै बढी हुन सक्ने प्रहरीले जनाएको छ । उनले ‘बिहे एप’मार्फत आफू जर्मनीको नागरिक भएको बताउँदै बिहे गर्ने प्रलोभन देखाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>