समाचार
वैवाहिक बलात्कार गरेको भन्दै गायक रवि ओडविरुद्ध श्रीमतीले दिइन् जाहेरी
०

काठमाडौं, चैत २३-
आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले गत २० गते जाहेरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए ।
नेपाल आइडल सिजन-२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























