खेलकुद

फ्रेन्डसिप कपमा आज नेपालले बरोडासँग खेल्दै

०
Banner

काठमाडौं, चैत २३-

भारतमा जारी फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ।

लिग चरणको अन्तिम खेल नेपाली समय अनुसार पौने ३ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ।

नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरातले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ। बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ। त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ।

डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल आइतबार हुनेछ। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। त्यसपछि नेपाल त्यहिँबाटै ओमान जानेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>