अपराध

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Banner

झापा, चैत २२-

झापाको बाह्रदशी गाउँपालिका १ मा बिहीबार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

बिहीबार बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले पत्नी ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन्।

देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए। उनी विदामा चार दिनअघि मात्र घर आएका थिए।

श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भइ राजवंशीले खुकुरी प्रहार गरेको बताइएको छ। मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>