समाचार

इलाममा देउवाले अगाडि सारे डम्बर खड्काको नाम

Banner

काठमाडौं, चैत्र २१-
नेपाली कांग्रेसले इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार बुधबार पनि टुंगो लगाउन सकेको छैन् । बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखेका छन् । तर महामन्त्री गगन थापासहितका नेताहरुले डम्बरलाई नभई भेषराज आचार्यलाई दिनुपर्ने भनेपछि बैठक निर्णय नगरी सकिएको हो । अर्को बैठक बिहीबार बिहान ९ बजे बस्नेछ ।

बुधबारको बैठकमा सभापति देउवाले ४ मंसिर २०७९ मा भएको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मतान्तरले मात्र पराजित भएकाले खड्कालाई नै टिकट दिएर न्याय गर्नुुपर्ने बताएका थिए । महामन्त्री गगन थापाले भने इलाम–२ को पार्टी संरचनामा भेषराज लोकप्रिय भएकाले चुनाव जित्न उनैलाई टिकट दिनुपर्ने अडान राखेका छन् ।

दुबै पक्ष आआफ्नो अडानबाट टसमस नभएपछि बैठक बिहीबार विहान ९ बजेका लागि सारिएको हो । स्रोतका अनुसार बिहीबारको बैठकमा उम्मेदवारका आकांक्षीहरुलाई पनि बोलाइएको छ । इलाम २ मा जिल्ला र प्रदेश समितिले ७ जनाको नाम सिफारिस गरे पनि टिकटका लागि मुख्य प्रतिस्पर्धा डम्बर खड्का र भेषराज अधिकारीबीच छ । बझाङको प्रदेशसभा १ निर्वाचन क्षेत्रमा देउवाले अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् भने गगन पक्षले जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>