समाज
गाउँमा पसेर आतंक मच्याएपछि राँगा मार्न प्रहरीले चलायो गोली
०

विराटनगर, चैत २१-
गाउँमा पसेर आतंक मच्याएको राँगालाई प्रहरीले गोली हानेर मारेको छ । मंगलबार इलाका प्रहरी कार्यालय मोरङको केराबारीबाट वरिष्ठ प्रहरी नायव निरीक्षक केदार सापकोटा नेतृत्वको टोलीले दुई राउण्ड गोली हानेर साँझ ७;२५ बजेतिर मारेको हो ।
रागाको आक्रमणबाट एकजना घाइते भएका छन् । केराबारी गाउँपालिका–८ आमजुंगीमा प्रवेश गरेको राँगाले आतंक मच्चाउन थालेपछि गोली हानेर मार्नु परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । प्रहरीका अनुसार राँगाको आक्रमणबाट ८० वर्षीय गञ्जबहादुर कार्की घाइते भएका छन् ।
राँगा नियन्त्रणमा लिने प्रयास सफल नभएपछि गोली हानेर मारिएको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























