घटना -दुर्घटना
करेन्ट लागेर महिलाको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै स्थानीयले गरे सडक अवरुद्ध
०

दार्चुला, चैत २१-
दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । गत शुक्रवार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलमा बाख्रा चराउने क्रममा घाइते भएकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको मृत्युपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै गोकुलेश्वर–गन्ना सडक अवरुद्ध गरेका छन् ।
भुईँमा लत्रिएको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी तितराको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधवार बिहान निधन भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























