नवलपुर
नवलपरासीमा गैँडाको आक्रमणबाट एक जना घाइते
०

नवलपुर,माघ २३-
नवलपरासी पूर्वको लोकाहामा गैँडाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । देवचुली नगरपालिका वडा नम्बर १० लोकाहाको जंगलमा बाख्रा चराउन गएकी स्थानीय ६० वर्षकी ठगिसरा सुनारी मगर गैँडाको आक्रमणबाट घाइते भएकी हुन् ।
उनको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते ठगिसराको दल्दलेस्थित देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























