राजनीति
पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल
०

काठमाडौं, मंसिर २ –
नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीप्रतिको धरमराउँदै गएको जनविश्वास पुनःआर्जन गर्न आत्मसमीक्षा गर्दै संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उहाँले पार्टीलाई शक्तिशाली र बलियो बनाउने विषय अहिलेको मुख्य प्राथमिकता हुनुपर्ने बताउनुभएको हो । उहाँले अब अरुले के गरे भन्नेभन्दा पनि एमालेले आफूलाई कसरी सुधार्न सक्छ रु भन्ने प्रश्नमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीका कमजोरी स्वीकार गर्दै जनताको कुरा सुन्ने, जनतासँग छलफल गर्ने, पार्टीका धारणा स्पष्ट पार्ने र नयाँ सदस्यलाई पार्टीमा आबद्ध गराउने अभियानमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























