देश/प्रदेश

विमानस्थलबाट डेढ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

०
Banner

काठमाडौं, मंसिर २-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले डेढ किलो सुन सहित एक चिनीयाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आज बिहान अन्दाजी ०१ः२५ बजेको समयमा नेपाल वायुसेवा निगमको उडान नं.आरए ४१० एफको उडानमार्फत हङकङबाट काठमाडौं आएका चीनको जिलीन स्थायी वतन भएका ५८ वर्षीय चिनियाँ नागरिक जिनहाउ वाङलाइ पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार जाँच गर्ने क्रममा निजले आफ्नो मलद्वारभित्र प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको सुनजस्तो देखिने पहेलो गोलाकार अर्धठोस पदार्थका ४ वटा प्लाष्टिकको क्यापसहित जम्मा १ के.जी. ८०३.७७ ग्राम फेला परेको हो । भन्सार एरिया पार गरी बाहिर निस्किने क्रममा उक्त पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सह—प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक ९प्र।ना।उ।० ढुण्डीराज नेउपानेद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>