राजनीति

एमालेकी वरिष्ठ नेता भण्डारी पार्टीको राष्ट्रिय भेलामा सहभागी

०
Banner

काठमाडौं, मंसिर २ –

पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन् ।

राष्ट्रपति बनेपछि पार्टीको औपचारिक जिम्मेवारीबाट अलग भएकी भण्डारी जिम्मेवारीमा फर्किएपछि यसअघि असोज १३ गते एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएकी थिइन् ।

उक्त कार्यक्रम पार्टीको औपचारिक जिम्मेवारी लिएपछिको उनको पहिलो सार्वजनिक कार्यक्रम थियो ।

गत असोज ८ गते एमालेको सचिवालय र केन्द्रीय कमिटीबाट वरिष्ठ नेतामा प्रस्तावित तथा अनुमोदित भएपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

राष्ट्रिय भेलामा सहभागी भएसँगै भण्डारी पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय देखिएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>