मकवानपुर
काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल
०

काठमाडौं,मंसिर २ –
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताउनुभएको छ ।
बुधवार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभएको हो । उहाँले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उल्लेख गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























