नवलपुर

मुख्यमन्त्रीले गरे गैंडाकोटको जयश्री खोलामा बनेको पक्की पुलको उद्घाटन

Banner

गैंडाकोट, माघ ०४ –
गैंडाकोट नगरपालिकाको जयश्री खोलामा पक्की पुल निर्माण भएको छ । ५ करोड ४१ लाखको लागतमा निर्माण गरिएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् । नवनिर्मित पुलले गैडाकोट नगरपालिका वडा नम्बर ३ को तात्रिबास र वडा नम्बर ४ को गाउँलाई जोडेको छ ।

मुख्यमन्त्री पाण्डेले गैडाकोट नगरपालिका वडा नम्बर ३ को केलादी जोड्ने जुक्तिखोलामा बिहीबार नै नयाँ पुलको शिलान्यास पनि गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>