देश/प्रदेश

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

Banner

दार्चुला, कात्तिक ३०-

नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज (बिहीबार) दिउँसो दुर्घटना भएको हो ।

जिप दुर्घटनामा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । ठगुन्नालाई थप उपचारका लागि धनगढी लगिएको हो । तर, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जिपमा सवार गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area