देश/प्रदेश

सिन्धुली कारागारमा एक थुनुवाको मृत्यु

०
Banner

सिन्धुली, कात्तिक ३०-

सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका(१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।

बेहोस अवस्थामा भेटिएका विमललाई जिल्ला अस्पताला पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो । उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ । मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>