चितवन विशेष

सेन्ट्रल कलेजले नवलपुरको कावासोतीमा पनि सेन्ट्रल टावर बनाउने,नारायणगढमा निर्माण अन्तिम चरणमा

Banner

चितवन,कात्तिक २०-

शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले नवलपुरको कावासोतीमा पनि आफ्नै भवन (सेन्ट्रल टावर) निर्माण गर्ने भएको छ । लक्ष्मी पुजाको अवसर पारेर भवन निर्माणको काम सुरु गर्न लागिएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले कावासोतीमा भवन निर्माणका लागि डिजाइन र नक्सा पासको काम सकिएको बताउनुभयो । कावासोतीमा निर्माण हुने भवन सात तलाको हुनेछ । नवलपुर जिल्लाका विद्यार्थीलाई लक्षित गरेर भवन निर्माण गर्न लागिएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

“नारायणगढ (भरतपुर ओरालो)मा निर्माण गरिरहेको भवनको काम अन्तिम चरणमा पुगेको छ,उहाँले भन्नुभयो,नयाँ बर्षदेखि यही भवनबाट सेवा प्रदान गर्छौ ।” कलेजले दुबै ठाउँमा आफ्नै जग्गामा भवन निर्माण गरेको उहाँले पौडेलले बताउनुभयो । नारायणगढमा निर्माणधिन सेन्ट्रल टावर नौ तलाको हुनेछ । नारायणगढको भवन चितवनको एसवन विल्र्डसले निर्माण गरिरहेको छ । कावासोतीमा पनि यही कम्पनीले भवन निर्माणको काम गर्नेछ ।

“नारायणगढमा यही बर्ष र नवलपुरमा अर्को बर्ष भवन निर्माण सम्पन्न हुनेछ,उहाँले भन्नुभयो,अब आफ्ना विद्यार्थी आफ्नै भवनबाट सेवा प्रदान गर्नेछौं ।” प्रिन्सिपल पौडेलका अनुसार भवन अण्डरग्राउण्ड पार्किङ र लिफ्टसहितका हुनेछन । ‘सेन्ट्रल टावर अत्याधुनिक हुनेछ, सबै सेवा सुविधासहित अन्तर्राष्ट्रिय स्तरका कक्षाकोठा र प्रविधिको विकास गरिनेछ ,उहाँले भन्नुभयो ।’ पौडेलले विभिन्न देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई छुट्टाछुट्टै स्थानमा भाषा कक्षा पढाइने बताउनुभयो । कलेजले २०८१ साल बैशाखदेखि चितवनको रत्ननगरस्थित सौराहा चाेकमा पनि आफ्नै भवन निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

बिद्यार्थीका लागि सेन्ट्रल कलेजले आफ्नै बस सेवा समेत सुरु गरेको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले दुईबटा बस सञ्चालनमा ल्याएको छ । कलेजले आगामी बर्ष चितवनको राप्ती र माडी नगरपालिकाबाट समेत बस सेवा सञ्चालन गर्ने जनाएको छ । सेन्ट्रल कलेजले जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ । प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>