चितवन विशेष
चितवनको माडीमा जनावरलाई थापेको विद्युतीय पासोमा परेर युवकको मृत्यु
०

चितवन, भदौ १७-
चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ । जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानिय कृषक शिवनारायण महतो छोरा २६ वर्षीय धिरन महतोको मृत्यु भएको हो ।
विद्युतीय पासोबाट करेन्ट लागेर घाइते हुनुभएका उहाँलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार महतोलाई भरतपुर अस्पतालमा पु¥याएपछि त्यहाँका चिकित्सकहरुले मृत घोषणा गरेका थिए । शव परिक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावरले माडीका बासिन्दालाई पटक–पटक दुःख दिइरहने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























