चितवन विशेष
सिरोतियो कराते संघ चितवनको अध्यक्षमा चित्रबहादुर

चितवन, भदौ १३-
नेपाल सिरोतियो कराते संघ चितवनको नयाँ कार्यसमिति चयन गरिएको छ । भरतपुरमा आज(बुधबार) भएको संघको अधिवेशनले चित्रबहादुर रानामगरको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा रविन्द्र कुमार श्रेष्ठ, उपाध्यक्षमा राजन कार्की, सचिवमा इश्वरी कंडेल, कोषाध्यक्षमा संगम जोशी, सहसचिवमा एकराज सेढाई चयन हुनुभएको छ । त्यस्तै सदस्यमा गुञ्जवीर रानामगर, देवी प्रजापती, पूर्ण गुरुङ, कृष्ण खत्री, बौद्ध लामा, कृष्ण बहादुर नेपाल (सुजन), दुर्गा कुमाल, छविरमण तिमिल्सिना, स्मृती चौधरी, मिलन अधिकारी, शैलेश थापा, कुमार वि.क. र प्रतिश तामाङ चयन हुनुभएको छ ।
बुधवार भएको कार्यक्रममा सिरोतियो कराते संघका उपाध्यक्ष पूर्णकुमार डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका सदस्य कल्पाना पौडेल खड्का प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाल सिरोतियो कराते संघका प्रदेश प्रमुख गंगा लामा, ज्वाला कुमार भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

























