Uncategorized

राप्ती नगरपालिकाको कार्यपालिका बैठक बस्ने कक्षमा माओवादीको रजाई

Banner

चितवन, भदौ १२-

राप्ती नगरपालिकाको कार्यपालिका बैठक बस्ने कक्षमा नेकपा माओवादी केन्द्रले रजाई गरेको छ । जनप्रतिनिधिको बैठक बस्ने कक्षमा नेकपा माओवादी केन्द्र राप्ती नगर समितिले सोमबार विस्तारित बैठक राखेपछि उक्त कदमको विरोध भएको छ । माओवादी केन्द्रले पार्टी कार्यालयमा गर्नुपर्ने कार्यक्रम सरकारी सम्पत्तिमा गरेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको सरोकारवालाहरुले बताएका छन् ।

राप्ती नगरपालिकाका प्रशासन प्रमुख दीपक थिङले कुनै पार्टीको कार्यक्रम नगरपालिकाको कार्यपालिका बैठक कक्षमा गर्न नपाइने बताए । यद्यपी माओवादी केन्द्रले कसको अनुमति लिएर कार्यक्रम गर्‍यो भन्ने आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘म प्रशासनमै व्यस्थ थिए । उहाँहरु आएर कार्यक्रम गर्नुभएछ । मैले त कार्यक्रम सकिएपछि मात्रै थाहा पाए’, उनले भने, ‘म सँग सोध्न पनि आएन कोहि ।’

नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष आरसी अधिकारीले दलिय व्यवस्थामा दलले अनुमति लिएर सार्वजनिक हलमा कार्यक्रम गर्दा अन्यथा लिन नहुने बताए । ‘नगरपालिकाको हल सार्वजनिक हल हो । जनप्रतिनिधि पनि दलकै प्रतिनिधि हुन् ।  पार्टीका मान्छेले अनुमति लिएर कार्यक्रम गर्दा अन्यथा कसरी भयो’, उनले भने।

कार्यपालिका बैठक कक्षमा नगरपालिकाकै आयोजना वा समन्वयमा हुने कार्यक्रमहरु पनि हुने गरेका छन् । तर नितान्त कुनै अमुक पार्टीले नगरपालिकाको हलमा विस्तारित बैठक राखेको भन्दै राप्ती नगरका प्रमुख र उपप्रमुखको पनि आलोचना भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>