चितवन विशेष
नेपाल वन पैदावर उद्योग संघ व्यवसायी संघको अध्यक्षमा घिमिरे चयन

चितवन, भदौ ११-
नेपाल वन पैदावर उद्योग व्यवसायी संघ चितवनको अध्यक्षमा खिल प्रसाद घिमिरे चयन भएका छन् । संस्थाको दशौँ साधरणसभा तथा सातौँ अधिवेशनले घिमिरेको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले दुई जना उपाध्यक्ष समेत चुनेको छ । प्रथम उपाध्यक्षमा लिलबहादुर क्षेत्री, द्धितीय उपाध्यक्षमा सुदन श्रेष्ठ, सचिवमा हेमन्त पराजुली, कोषाध्यक्षमा रश्मी बस्याल, सहसचिवमा राम नेपाली रहेका छन् । त्यस्तै सदस्यहरुमा राम बहादुर कार्की, कृष्णबहादुर मगर, गणेश चन्द्र दवाडी, राजु केसी, नारायण गौतमलाई चयन गरेको हो ।
अधिवेशनले तीन सदस्य लेखा समिति समेत चयन गरेको छ । लेखा समिति संयोजकमा प्रेमराज न्यौपाने, सदस्यमा कृष्णप्रसाद पौडेल र शिवकुमार श्रेष्ठ रहनुभएको छ । निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष खिम प्रसाद घिमिरेले व्यवसायीको हक र हितका लागि काम गर्ने बताएका छन् । उनले अफ्ठयारो परिस्थितीमा सबैलाई मिलाएर व्यवसायीको संरक्षण गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
भरतपुरमा भएको अधिवेशनमा वन पैदावर उद्योग व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मञ्जिल बाबु मास्केले केन्द्रिय कमिटीले गरेका कामका बारेमा जानकारी गराएका थिए । उनले जिल्ला तहले पनि केन्द्रको निर्णयलाई पालना गर्नुपर्ने बताए ।
वन पैदावर उद्योग व्यवसायी संघ चितवनका अध्यक्ष देवनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका बागमती प्रदेश अध्यक्ष प्रकाश रायमाझि, डिभिजन वन कार्यालय चितवनका साहायक वन अधिकृत बालकृष्ण खनाल, रुद्र हरी भण्डारी, सल्लाहकार सदस्य भोज लाल श्रेष्ठ लगायतले शुभकामना मनतव्य राखेका थिए ।

























