चितवन विशेष

भरतपुर अस्पतालमा आजदेखि निःशुल्क पार्किङको व्यवस्था

Banner

चितवन, भदौ १०-

भरतपुर अस्पतालमा आजदेखि निःशुल्क पार्किङको व्यवस्था लागु भएको छ । अस्पतालले साउन ८ गते सूचना जारी गरी भदौदेखि निःशुल्क पार्किङको व्यवस्था लागु हुने बताएको थियो ।

भदौ १ गतेदेखि नै पार्किङलाई निःशुल्क गर्ने भनिएकामा ठेक्कातिरका पाटा मिलाउँदा केहि दिन ढिला भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । अस्पतालले पार्किङ शुल्क उठाउन निजी क्षेत्रलाई ठेक्का दिएको थियो ।

यसअघि साइकलको पाँच, मोटरसाइकलको १० र कार÷जीपको २० रुपैयाँ पार्किङ शुल्क लिने गरिएको थियो । गरिब एवम् विपन्न वर्गले उपचार गराउने अस्पतालमा पार्किङ शुल्क लिने गरिएकामा आलोचना हुँदै आएको थियो ।

यस अस्पतालमा चितवन लगायत १२ जिल्लाका विरामी उपचार गराउन आउने गर्छन् ।

फोटो : विनोदबाबु रिजाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>