इच्छकामना

चितवनको नाग्दी खोलामा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

Banner

चितवन,भदौ ८-

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरो राती ९ः४० बजे पन्छाएर सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वि राजमार्गको चितवन खण्ड पटक–पटक अबरुद्ध हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>