चितवन विशेष

रवि लामिछानेले भदौ १० गते पहिलो सार्वजनिक सुनुवाई गर्दै

Banner

चितवन, भदौ ८-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले भदौ १० गते पहिलो पटक सार्वजनिक सुनुवाई गर्दै छन् । जनताप्रति जवाफदेही हुनका लागि सार्वजनिक सुनुवाई गर्न लागेको सांसद लामिछानेले बताएका छन् ।

सार्वजनिक सुनुवाईमा सहभागी हुँदा पार्टीको झण्डा, चुनाव चिह्न, व्यानर, लोगो वा पोसाक प्रयोग नगरिदिन उनले आग्रह समेत गरेका छन् ।

‘हामीले उद्घोष गरे अनुसार यही भाद्र १० गते चितवनमा प्रथम सार्वजनिक सुनवाइ हुन गइरहेको छ। जनप्रतिनिधि जनता प्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सुरु हुन गइरहेको यस कार्यक्रममा सम्पूर्ण चितवनवासीले आफ्ना समस्या, गुनासो र सुझावहरू लिएर आइदिनु होला। यो कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ’, उलने सामाजिक सञ्जालमा लेखेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>