चितवन विशेष

चितवनको पुरानो मेडिकल कलेजमा आमाको मृत्युपछि नर्सलाई हातपात, गार्डमाथि धारिलो हतियार प्रहार

Banner

चितवन, भदौ ०४-

चितवनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि नर्स र सुरक्षा गार्ड माथि हातपात भएको छ । हेटौँडाका रोशन कुमार सुनुवारले आमाको मृत्यु भएपछि सुरक्षा गार्डको बिलेटले हात काटिदिएको कलेजले जानकारी दिएको छ ।

नर्समाथि पनि हातपात गरेको कलेजले जनाएको छ । कामाण्डौँबाट रिफर भएपछि क्यान्सर भएकी आमालाई उपचारका लागि उनले हिजो पुरानो मेडिकल कलेज ल्याएका थिए । आज (सोमवार)साढे छ बजेतिर मृत्यु भएको कलेजले जानकारी दिएको छ । सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गर्ने र नर्सलाई हातपात गर्ने सुनुवारलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>