चितवन विशेष

नारायणगढमा नेवाः पुचःले निकाल्यो लाखे जात्रा

Banner

चितवन, भदौ ४-
नारायणगढमा लाखे जात्रा निकालिएको छ । नेवाः पुचः नारायणगढले आज (सोमबार) नारायणगढ बजार क्षेत्रमा लाखेजात्रा निकालेको हो ।

आफ्नै भवन मैया देवी मार्गबाट निस्केको लाखे नाच शहीद चोक, मिलन रोड, पुतली बजार हुँदै संस्थाको भवन कमल नगरमा नै गएर सम्पन्न भएको थियो। लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।

कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ। संस्थाको उद्देश्य अनुसार नेवारी कला, संस्कृति , परम्परा संरक्षण र संवर्धन गर्नको लागि लाखे जात्रा निकालिएको संयोजक श्यामकृष्ण श्रेष्ठले बताए। नारायणगढमा लाखे जात्रा प्रत्येक बर्ष निकालिने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>