राजनीति

राष्ट्रपति र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

Banner

काठमाण्डौँ, भदौ ०३-

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शितलनिवासमा छलफल गरेका हुन्।

छलफलका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोधबारे छलफल भएको लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल भएको छ । लामिछानेले अबिलम्ब सदन सूचारु गरी जनसरोकारका मुद्दाहरुमा बहस तथा नीति निर्माणका माध्यमबाट सम्बोधन गर्नका लागि सहजिकरण गरिदिन राष्ट्रपतिलाई अनुरोध गरेका थिए ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शितल निवासमा बोलाएको पोखरेलले जानकारी दिए।

यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>