राजनीति
सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छः रवि लामिछाने
०

काठमाडौं,भदौ ३-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदन खुलाउन सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने बताएका छन् । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडान राख्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि प्रधानमन्त्रीले डाकेको बैठकमा कुनै सहमति नभएपछि उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो लाइन समिति बन्न सक्छ भने बनाउँदा पनि फरक परेन । नबन्दा पनि सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छ । संसदमा प्रश्न गर्न पाउनुपर्यो । संसद खुल्यो भने हामीले गृहमन्त्रीलाई प्रश्न गर्न पाउँछौं, यो अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे । त्यो हामीले पाउनुपर्यो । तर, संसद चाहिँ अवरोध हुन भएन भन्ने हाम्रो लाइन हो । जे छलफल गर्नुपर्छ संसदमा गर्नुपर्यो । के कुरा भन्नुपर्छ, सदनमा भनौं भन्ने हाम्रो लाइन हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























