राजनीति

सभामुख घिमिरे भन्छन्-संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश गयो

Banner

काठमाडौं, भदौ ३-

सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश गएको बताएका छन् ।

उनले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए । बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत भएका छैनन् ।

बैठकमा सभामुख घिमिरेले भने १० साउनयता मात्र आफूले सहमतिको प्रयासमा तीन पटक शीर्ष नेताहरुको बैठक राखेको, ९ पटक सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेको बताए । तर प्रमुख प्रतिपक्ष आफ्नो अडानबाट तलमाथि नहुने, सत्ता पक्ष त्यसमा सहमत नहुने अवस्था कायमै रहँदा सदन बन्धक भएको बताए ।

यसले सांसदहरु पनि भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश जनतामा गएको भन्दै उनले दलहरु गम्भीर हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>