राजनीति

म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाबाट प्रेरित व्यक्ति हुँः प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, भदौ ३-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कलाकार बन्ने इच्छाबाट प्रेरित व्यक्ति भएको बताएका छन् । गायनतर्फको ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को फाइनल प्रतियोगिता हेर्न शनिबार राति ललितपुरको गोदावरी पुगेका प्रधानमन्त्री प्रचण्डले आफू कलाकार बन्ने इच्छाबाट प्रेरित व्यक्ति भएको बताएका हुन् ।

शिक्षक हुँदै राजनीतिमा लागेका प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधनको क्रममा भने, ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ ।’

त्यसैले प्रधानमन्त्री बन्दा कला र संस्कृतिको क्षेत्रलाई सक्दो सहयोग गरेको भन्दै उनले आगामी दिनमा पनि सहयोग गरिरहने बताए । ‘मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो पटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरें । आउने दिनमा पनि गर्ने नै छु,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>