राजनीति

सुन तस्करी प्रकरणमा एमालेले उठाएका माग सम्बोधन भए मात्र संसद् चल्न दिन्छौँः शंकर पोखरेल

Banner

काठमाडौं, भदौ २-

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणमा एमालेले उठाएका माग सम्बोधन भए मात्र संसद् सञ्चालन हुने बताएका छन्।

शनिबार पर्साको वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले संसदमा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको उनले स्पष्ट पारे।

‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ। उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, सत्तापक्षले प्रतिपक्षको सामान्य कुरा समेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सिर्जना भएको छ,’ उनले भने, ‘हामीले उठाएको आयोग गठनको माग सम्बोधन गर्न तयार भए संसद सञ्चालन हुन्छ।’

उनले सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएको देखिएपछि स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएको हुँदा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पारेका छन्।

महासचिव पोखरेलले सुन तस्करीमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादीका नेताको अस्वाभाविक फोन सम्वादले सुन तस्करीमा संलग्नता पुष्टि गर्ने बताएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>