राजनीति

मन्त्रीहरूले अनुसन्धानमा हस्तक्षेप गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ

Banner

पोखरा,भदौ २-

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई छुटाउन पार्टीको बैठकले निर्देशन दिन नमिल्ने बताएका छन् । प्रेस सेन्टर कास्की समन्वय समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दोषीलाई छुटाउन पार्टीको बैठकले निर्देशन दिन नमिल्ने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले दोषीलाई गठबन्धनका दलले बचाउन खोलेको भन्ने कुरा सत्य नभएको बताएका हुन् । ‘पार्टीहरूको बैठकले निर्देशन दिन मिल्ने कुरा होइन, त्यस कारण राजनीतिक दलहरूको बैठक, गठबन्धनको बैठक त्यसका लागि बसेको भन्ने कुरा नै सत्य होइन,’ उनले भने, ‘सरकार वा गृह मन्त्रालय त्यसलाई स्वीकार गर्दैन,’ उनले भने ।

गृहमन्त्री श्रेष्ठले मन्त्रीहरूले पनि अनुसन्धानमा हस्तक्षेप गर्न नमिल्ने बताए । ‘अनुसन्धानमा त स्वयं मन्त्रीले फलानालाई ल्याइजा, फलानालाई नल्याइजा भन्न मिल्दैन,’ उनले भने, ‘हामीले प्रहरी संयन्त्रलाई स्वतन्त्र र निष्पक्ष तरिकाले अनुसन्धान अगाडि बढाऊ, तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी दायरा ल्याऊ भन्न मात्रै मिल्छ, हामीले ।’

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले तथ्य र प्रमाणका आधारमा दोषी देखिए माओवादीलाई पनि नछोड्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>