राजनीति

लोकतन्त्र बलिया हुन कांग्रेस मजबुत हुनुपर्छ: प्रकाशमान सिंह

Banner

काठमाडौं, भदौ २-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्रनम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका हुन् ।

उनले लोकतन्त्र बलिया हुनका लागि कांग्रेस मजबुत हुनुपर्ने बताए ।

२०४६ को परिवर्तन आएकोमा खुशी नभएकाहरु अहिले पनि समाजमा विद्यमान रहेको उनको भनाइ छ । उनले नेपाली कांग्रेसलाई विधि अनुसार चलाउनुपर्ने भन्दै संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>