चितवन विशेष

आज जिल्लाभर साढे २ घण्टा र क्यान्सर अस्पताल क्षेत्रमा ७ घण्टा विद्युत अवरुद्ध हुने

Banner

चितवन, भदौ २-

आज बिहान साढे ७ बजेसम्म जिल्लाभर विजुली अवरुद्ध हुने भएको छ । बिहान ५ बजेदेखि साढे ७ बजेसम्म जिल्लाभर विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

भरतपुरस्थित १३२/३३/११ केभी सबस्टेसनमा १३२ केभी बसबारमा जम्पर जोड्नका लागि सबस्टेशन सटडाउन गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

सबस्टेशन सटडाउन हुँदा पर्सा ३३/११ केभी सबस्टेसन, चनौली ३३/११ केभी सबस्टेसन, माडी बसन्तपुर ३३/११ केभी सबस्टेसन र भरतपुर १३२/३३/११ केभी सबस्टेसनबाट सप्लाई हुने ११ केभी फिडरहरु अवरुद्ध भएको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए ।

भरतपुर सबस्टेशनबाट वितरित नारायणगढ फिडर, हस्पिटल फिडर, औद्योगिक १ फिडर, औद्योगिक २ फिडर, भरतपुर १ फिडर र भरतपुर २ फिडर अवरुद्ध भएका छन् ।

त्यस्तै, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतादेखि दक्षिणतर्फको क्षेत्रमा आज ७ घण्टा विजुली अवरुद्ध हुने भएको छ । हाकिमचोक–गितानगर सडक विस्तारका लागि सडक अधिकार क्षेत्रमा परेका विजुलीका पोल सार्ने काम भइरहेकाले विद्युत अवरुद्ध हुने भएको हो ।

आज विकास चोकदेखि सिताराम चोकसम्मका विजुलीका पोल सार्ने कार्यक्रम रहेकाले भृकुटी फिडरबाट विपरित क्यान्सर अस्पतालदेखि विकास चोक आसपासका क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । विजुलीका पोल सार्ने काम छिटो भएमा निर्धारित समयभन्दा अगावै विजुली सुचारु हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>