चितवन विशेष
मन्त्रालयको निर्देशनपछि भरतपुर अस्पतालले गर्यो ४०० बेड निःशुल्क
०

चितवन, भदौ ०१-
चितवनको भरतपुर अस्पतालले अन्तरंग सेवाका ४०० जनरल बेड (शैया) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन गरेपछि अस्पतालले बेड निःशुल्क गरेको हो ।
अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा.गोविन्द कँडेलले बिहिबार विज्ञप्ती प्रकाशित गरी क्रिटिकल केयर (आईसियू, सिसियू, पिआईसियू, एनआईसियू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाईन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक वार्डहरुमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको जानकारी दिएका छन् ।
अस्पतालमा हाल ६०० शैया सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरंग) सेवाको टिकट पनि निःशुल्क रहेको छ । भरतपुर अस्पतालमा टाढाटाढाबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























