चितवन विशेष
युवा संघ खैरहनीको अध्यक्षमा निरन गुरुङ, युथ फोर्स र साइवर सर्कल पनि गठन

चितवन,भदौं १-
नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल खैरहनी नगर कमिटिको अध्यक्षमा निरन गुरुङ चयन भएका छन् । नगर कमिटीको शुक्रबार समपन्न पाँचौ अधिवेशनले गुरुङको नेतृत्वमा ४१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा विक्रम चौधरी ,सचिवमा सन्तविर मोक्तान ,सहसचिवमा कृष्ण प्रसाद बर्तौला र कृष्टिना चौधरी, कोषाध्यक्षमा माधव रानाभाट चयन भएका छन् । महिला विभाग प्रमुखमा किस्मिता मोक्तान चयन भएकी छन् ।
अधिवेशनले युथ फोर्स विभाग र साइवर सर्कल समेत गठन गरेको छ । युथ फोर्स विभाग अध्यक्षमा दिवाकर बस्नेत, उपाध्यक्षमा जीवन थापा मगर, सचिवमा गोपाल प्रजापति ,सहसचिवहरुमा अनमोल गिरी र ज्योति शाही, सदस्यमा मनदिप राना चयन भएका छन् । अधिवेशनले साइवर सर्कल बिभाग अध्यक्षमा राजिव सडौला, उपाध्यक्षमा रुपेश अर्याल र सचिवको जिम्मा नोसान मोक्तानलाई दिइएको छ ।
नवनिर्वाचित कमिटिको घोषणा नेकपा एमाले चितवन जिल्ला कमिटि सदस्य तथा युवा फाँट प्रमुख प्रताप डल्लाकोटिले गरेका थिए भने पद तथा गोपनियताको सपथ ग्रहण चितवन अध्यक्ष शंकर अधिकारीले गराएका थिए ।
नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रदेश सांसद जेएन थपलियाको प्रमुख आतिथ्यतामा रहनुभएको कार्यक्रममा पूर्वसांसद कृष्णभक्त पोख्रेल विशिष्ट अतिथि रहनुभएको थियो । राष्ट्रिय युवा संघ नेपाल खैरहनी नगर कमिटिका संयोजक किशोर रावलको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो ।
























