राजनीति

भ्रष्टाचारको आरोपमा पूर्वमन्त्री खाँणमाथि अख्तियारले समेत थाल्यो छानबिन

०
Banner

काठमाडौं, भदौँ १-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ ।
अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो ।

‘केही दिनअघि दुवैजनालाई बोलाएर अख्तियारले सम्पत्तिसम्बन्धी फारम भोराएको थियो । २०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् ।

‘मूलत नक्कली शरणार्थी प्रकरणका बारेमा अख्तियारमा उजुरी परेको थियो । तर अहिलेको अनुसन्धान सम्पत्तिमा केन्द्रीत रहेको अख्तियारले बताएको छ ।

केही दिन अघिमात्रै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी सांसद मञ्जु खाँणले केही सांसदहरुसँग अघिल्ला वर्षहरुको आम्दानी अभिलेखिकरण गर्ने र त्यसको हिसावकितावबारे चासो राखेकी थिइन् । त्यसक्रममा उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाँउबारे समेत सोधपुछ गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>