राजनीति

माओवादीमा थपिए दुई केन्द्रीय सदस्य

०
Banner

काठमाडौं,भदौ १-

सत्तारुढ नेकपा (माओवादी केन्द्र )ले केन्द्रीय कमिटीमा दुईजना मनोनीत गरेको छ ।

ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समितिमा थप गरिएको कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । गौतम कोसी प्रदेशको सभामुखबाट राजीनामा दिएर अहिले मन्त्री बनेका छन् । साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पु¥याउन २२ जना थप गरेको थियो ।

दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>