राजनीति

लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे आन्दोलन गर्ने रेशमको चेतावनी

Banner

काठमाण्डौँ,साउन ३२-

नागरिक उन्मुक्ति पार्टीका सं‌रक्षक रेशमलाल चौधरीले टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

बुधबार सर्वोच्च अदालतले टिकापुर घटनाको मुद्धामा फैसलाको पूर्ण पाठ सार्वजानिक गरेको छ। जसमा राष्ट्रपतिबाट आम माफी पाएका रेशम चौधरीको रिहाको विषयमाथी गम्भीर प्रश्न उठाइएको छ। सर्वोच्चको पूर्ण पाठको आधारमा रेशम चौधरीको आममाफीको निर्णय पुनः अदालतमा परीक्षण हुने बाटो खुलेको कानुनविद्हरुले बताएका छन्।

उता रेशमले भने लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उक्त प्रतिवेदन सार्वजनिक नगरे सडक, सदन र सरकारमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले समय आए सबै प्रकारको सामना गर्न आफू तयार रहेको पनि बताएका छन्।

सामाजिक संजालमा उनी लेख्छन्, ुलाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नुपर्छ । अब प्रतिबेदन सार्वजनिक नगरे हामी सडक,सदन,सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य हुनेछौं। ु

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>