राजनीति

एमालेले गर्‍यो लेखा समितिको बैठक बहिष्कार

Banner

काठमाडौं,साउन ३२-

नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो ।

आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताए । यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउने बताएका थिए ।

यस्तै लेखा समितिका सदस्य गोकुल बास्कोटाले सत्तापक्षमै भागबन्डा नमिलेर आठ महिनासम्म नेतृत्व चयन नगरेको बताए । एमालेले भाग नमागेको भन्दै उनले सत्तापक्षमै मिलाएर लिएर भए पनि नेतृत्व टुंग्याउन सुझाव दिए ।

बैशाख दोस्रो साता समिति गठन भए पनि दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म नेतृत्व पाउन सकेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>