राजनीति

लिङ्देनको आशंका-शरणार्थी र ललिता निवास प्रकरणमा दोषीलाई कारबाही गर्नुको सट्टा मुख्य प्रहरी अधिकृतलाई सरुवा गर्यो

Banner

काठमाडौं,साउन ३२-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलहरुबीच नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा काले काले मिलेर खाऊँ खाऊँ भाले गर्न खोजिएको टिप्पणी गरेका छन् ।

अनुसन्धानलाई नियमित बनाएर संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गर्न लागिएको आशंका व्यक्त गरे ।

‘नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुन लागेको भनिएकै बेला काले काले मिलेर खाऊँ खाऊँ भाले भन्ने टुङ्गो लाग्यो रे ? उनले प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे ?’

अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गरेर आफू निकटका व्यक्तिहरूलाई ल्याएर बाँकी फासफुस पार्ने खोजिएको उनको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>